आदर्श सञ्चार सहकारीको पाँचौ एकाई साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारण सभा एकाइगत रुपमा बागलुङ नगरपालिका वडा नम्बर ५ देखि १४ सम्म आइतबार सम्पन्न भएको छ । मंगलवार काठेखोला गाउँपालिका–७ रेशबाट शुरु भएको साधारणसभा एकाइगत रुपमा सञ्चालन भइरहेको छ ।

No description available.

६ वटा एकाईमा सञ्चालन हुने साधारणसभाको पाँचौ कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन संस्थाका जेष्ठ शेयर सदस्य कर्ण बहादुर कार्कीले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै प्रमुख अतिथि जेष्ठ शेयर सदस्य कर्ण बहादुर कार्कीले सहकारीले जनताको हितमा काम गर्ने बताउदै आदर्श सहकारीले जेष्ठ नागरीकलाई पेन्सन दिएर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

No description available.

कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको समग्र अवस्था, सहकारीमा सदस्यको भूमिका र सहकारीलाई सफल बनाउन सदस्यले गर्नु पर्ने कार्यहरुका बारेमा सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीले २०८० सालमा नयाँ रणनैतिक योजना बनाएर लागु गर्ने बताउनुभयो । यस्तै संस्थाका सचिव ललिता थापाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

No description available.


कार्यक्रममा उत्कृष्ट बचतकर्ता खिम बहादुर केसी, जिवन जिसी, मञ्जुमाया क्षेत्री, जित बहादुर खड्का, गीता खड्का, बुधराज खड्का र राजेश जिसी प्रसंशा पत्र सहित सम्मानित हुनु भएको थियो ।

No description available.

त्यस्तै उत्कृष्ट दीर्घकालीन बचतकर्ता तर्फ जित बहादुर खड्का, उत्कृष्ट कर्जा तर्फ हर्क बहादुर थापा मगर र उत्कृष्ट परिवार तर्फ खिम बहादुर केसी, पार्वती केसी, गणेश केसी, चाँदनी केसी र गुडलक केसीलाई सम्मान गरिएको थियो ।

No description available.

सो अवसरमा जेष्ठ सदस्यलाई पेन्सन समेत वितरण गरिएको थियो । जेष्ठ नागरिक जन कुमारी कार्की, कर्ण बहादुर कार्की, मती कार्की र शिव प्रसाद शाक्यलाई पेन्सन वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट सञ्चालको रुपमा अम्बिका जिसी र उत्कृष्ट उप–समितिको तर्फबाट कमला खड्का सम्मानित हुनुभएको थियो ।

No description available.

कार्यक्रमका अवसरमा संस्थाले अपाङ्गता भएका शेयर सदस्यलाई पनि अपाङ्गता भत्ता दिएको छ । बानपा–११ की विना खत्री र बानपा १४ का सन्तोष पौडेललाई अपाङ्गता भत्ता दिईएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत मन्तव्य र सह–सचिव सरस्वती खड्का परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

No description available.

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो ।

No description available.

संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियान सञ्चालन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारसंगै धौलागिरी क्षेत्रमा सहकारीताको विकासमा महत्वपूर्ण योगदान गरेको छ । सहकारीका सकारात्मक विषयहरुलाई आम समुदायमा पु¥याउनुका साथै सहकारीमा सुधार गर्नु पर्ने विषयमा सचेत बनाउदै आएको छ ।

No description available.

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

No description available.

यस आर्थिक वर्षदेखि सहकारी नमुना गाउँ, वातावरण संरक्षण, सहकारी पुस्तकालय, विपन्नका लागि छात्रवृति लगायतका कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.
No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *