पोखरामा कोपोमिस र सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम शुरु

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागि प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा शुरु भएको छ ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्था संगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गतेसम्म पोखरामा सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)ले सहकारीहरुलाई कानुनी हिसावले कडी लगाउने काम गर्ने बताउनुभयो ।

सहकारीहरु अझै पनि कानुनी दायरामा आउन नसकिरहेको अवस्थामा कोपोमिस प्रणालीले सहरकारीहरुलाई कानुनी दायरामा ल्याउन सजिलो बनाउने बताउदै सहकारी संचालकहरुले कोपोमिस प्रणालि र सम्पत्ति शुद्धिकरणमा अझै पनि ध्यान नदिँदा सहकारी संस्थामा समस्या उत्पन्न भइरहेको बताउनुभयो ।

गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई पालिकासंग सहकार्य गरि कोपोमिस तालिम सञ्चालनलाई अभियानका रुपमा सञ्चालन गर्न सके सहकारीहरु सुद्धिकरण भएर जाने वताउदैै घर्ती मगरले सहकारी अभियानमा देखिएका विकृती, समस्या र चुनौतिहरुलाई सामना गर्न सम्पूर्ण एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीमा देखिएका समस्याहरुलाई हल गर्नका लागी आफु र आफ्नो कार्यालय तत्पर रहेको भएता पनि यसमा मुख्य गरी जिल्ला सहकारी संघहरुको मुख्य भुमिका रहने घर्तीको भनाइ रहेको थियो ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी बिभाग नयाँ बानेश्वर काठमाडौका इन्जिनियर राजन पाण्डेले सहकारीहरुलाई दायरामा ल्याउनका लागि कोपोमिस र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको बताउनुभयो ।

तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको र तालिमबाट कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जानकारी लिई आफ्ना मातहतमा रहेका सहकारीहरुलाई समेत उक्त तालिम प्रदान गर्ने उद्देश्य लिइएको पाण्डेले बताउनुभयो ।

सहकारीमा मनोमानी गर्ने र नाममात्रैको सहकारीहरुलाई हेर्ने दृष्टीकोणमा फरक बनाइ त्यस्ता ब्यवस्थालाई निर्मुल पार्नु आजको आवश्यक्ता रहेको बताउँदै सम्पूर्ण सहकारी संघमा कार्यरत कर्मचारीहरुले त्यसप्रति ध्यान दिन जरुरी रहेको उहाँको भनाइ रहेको थियो ।

सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारी संघ हरुले कोपोमिस प्रणालीमा सहकारीहरुलाई आवद्ध गराउनमा कार्यक्रममा सहभागीता जनाएकाहरुले उल्लेख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सहकारीको मुल मन्त्रलाई सहकारीहरुले आत्मसाथ गर्न नसक्दा अहिलेपनि सहकारीहरुले विभिन्न बाधा अड्चन ब्येहोर्नुपरेको उहाँको भनाइ रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *