आजको मौसम : यी प्रदेशमा बदलीको सम्भावना

आदर्श अनलाइन, काठमाडौं
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ । मंगलबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *