सिर्जनशील पत्रकारिता पुरस्कार कंडेललाई


दर्श अनलाइन, बागलुङ
सिर्जनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार कोपिला कंडेललाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाको अवसरमा कंडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

आदर्श सञ्चार सहकारीका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा बिबाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद रु. १० हजार राशिको हो ।
डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल कंडेल रेडियो नेपाल, धौलागिरी एफएम र धौलागिरी टेलिभिजनमा समेत कार्यरत हुनुहुन्छ ।

समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ । अहिले उक्त कोषको राशि एक लाख पु¥याइएको छ ।

उक्त पुरस्कारबाट यस अघि धौलागिरीका पत्रकार सन्तोष थापा (पर्वत), दिल शिरिष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), संगम घर्ति (बागलुङ), राम थापा अविरल (बागलुङ), एस.के.थकाली (मुस्ताङ) र हरिकृष्ण गौतम (म्याग्दी)लाई सम्मानित गरिसकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *