सकियो आदर्श सञ्चारको १६ औँ वार्षिक साधारण सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटृड बागलुङको १६ औँ वर्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व सांसद मनकुमारी केसीले सहकारी मार्फत आर्थिक क्रान्ति गर्न सकिने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_0020-1-627x418.jpg

केसीले आदर्शले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको भन्दै वित्तीय क्षेत्रमा पनि विश्वास कमाएको बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्व मेयर जनकराज पौडेल, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा निर्वाचन उपसमिति संयोजक दीपक गौतम, आदर्श विशेष सम्मानबाट सम्मानित राष्ट्रिय लोक तथा दोहोरी गायक बसन्त थापा, शिर्जनशील पत्रकारीता पुस्कारबाट पुरस्कृत कोपीला कँडेल, संस्थाका सल्लाहकार रुद्रबहादुर महत लगायतले मन्तव्य राख्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_9897-627x418.jpg

कार्यक्रममा संस्थागत रुपमा समन्वय गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङ, मानव अधिकार एलायन्स काठमाडौँ, जिल्ला सहकारी संघ कास्की, सिएमसी कास्की, रत्न श्रेष्ठ पुरस्कार गुठी, रानेभूमी सामुदायिक उपभोक्ता समिति, नेपाल पत्रकार महासंघ बागलुङ, पर्वती थापा मगर र अमृत पौडेललाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_9928-627x418.jpg

संस्थाको गत २० गतेदेखि एकाइगत साधारण सभा सुरु भएको थियो । ६ दिनसम्म एकाइगत रुपमा सम्पन्न भएको साधारणसभाबाट चयन भएका प्रतिनिधिहरुको सभा संस्थाका अध्यक्ष हुमा कुमारी जिसीको अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सह सम्पादक सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *