पोखरा महोत्सवलाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

आदर्श अनलाइन, पोखरा
एघारौँ पोखरा महोत्सवको बैङकिङ पार्टनरमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयां गन्तव्य चिडियाखानाको निर्माणमा पहलकदमीसंगैै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरमा रहेर साथ दिने भएको हो ।

हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बिच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

सो अवसरमा बोल्दै ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी गण्डकी प्रदेशमा पोखरामा प्रधान कार्यालय रहेको एकमात्र प्रदेश स्तरको ग्रीन डेभलपमेन्ट बैंकले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले आफुहरु निकै उत्साहित भएको वताउदै युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गरेर आफुहरु अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै क्ल्वका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले पोखरामा रहेको विभिन्न संघ संस्थाहरुको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल भएको वताउदै युनाईटेडको सामाजिक अभियानमा सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएको र महोत्सवको आम्दनीबाट युनाईटेड क्लवले सामाजिक क्षेत्रमा खर्च गर्ने भएकाले महोत्सवमा सहकार्य गर्ने सम्पूर्णको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

एघारौं पोखरा महोत्सवको अफिसियल वाटरमा अक्वा रिउसले साथ दिने भएको छ । एक समारोहका बीच एघारौं पोखरा महोत्सव खानेपानी ब्यवस्थापन संयोजक शिव थापा र अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङले सामाजिक क्षेत्रमा अब्बल युनाईटेड क्लवसंगको सहकार्यले आफ्नो ब्यवशाय प्रवद्र्धन संगै सामाजिक काममा अगाडि बढ्न पाउदा आफुहरुमा उत्साह थपिएको बताउनुभयो ।

महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो । जस अनुरुप महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *