जेष्ठ नागरिक केन्द्रलाई सराङ्गकोट सहकारीको सहयोग

आदर्श अनलाइन, पोखरा
सराङकोट बहुद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिकोत्सवको अवसरमा राम मन्दिर जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ । संस्थाले वार्षिकोत्सवको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, विद्यार्थीहरुलाई न्यानो कपडा र जेष्ठ नागरिक केन्द्र गगनगौंडालाई भौतिक सामाग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष बसन्त बहादुर बानियाले बताउनुभयो ।

संस्थाले स्थापनादेखि समुदाय केन्द्रित रेडियो सराङकोटको प्रसारण, आर्थिक कारोबार मार्फत ७० करोडको कुल कारोबार मार्फत बचत तथा ऋण सङ्गै सदस्यहरु केन्द्रित सामाजिक उत्तरदायित्वका रचनात्मक क्रियाकलापहरु गर्दै आएको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताउनुभयो ।

राममन्दिर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष तथा सस्ंथाका सल्लाहाकार अर्जुन बहादुर बस्नेतको सभापत्तित्वमा भएको कार्यक्रममा संस्थाको सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सह सचिव मायाकुमारी शर्मा, सल्लाहाकार इन्द्रकमल मानन्धर, संचालक सदस्य आरती श्रेष्ठ, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *