पोखरामा स्पेनको बि डिभिजनको क्लव पहिलो पटक मैत्रिपुर्ण फुटवल खेल्न आउने

आदर्श अनलाइन, पोखरा
पोखरामा स्पेनको बि डिभिजनको क्लव पहिलो पटक मैत्रिपुर्ण फुटवल खेल्न आउने भएको छ । स्पेनको बी डिभिजनको काथेरेन्यो फुटवल क्लव मैत्रिपूर्ण फुटवल प्रतियोगिता खेल्न पोखरामा पहिलो पटक आउने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजनामा र कास्की जिल्ला फुटबल संघको सहकार्यमा स्पेनको काथेरेन्यो फुटवल क्लवसंग गण्डकी प्रदेशको फुटवल टीम बिच आउदो पुषको १३ गते पोखरा रंगशालामा मैत्रिपूर्ण फुटवल खेल हुने भएको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताउनुभयो ।

विश्व कपमा खेलेका पूर्व खेलाडी मिचेन, मानवेलसहितका खेलाडीहरुको साथमा ८ जना पत्रकार सहित ५२ जनाको टोली गण्डकी प्रदेशको राजधानि पोखरा र काठमाण्डौंमा अर्को मैत्रिपुर्ण फुटवल खेल खेल्न आउने तयारी भएको उहांले जानकारी दिनुभयो । आफु २७ बर्ष यूरोप बसेको अनुभवले नेपालमा पनि केही गर्नु पर्छ भन्ने मान्यताले आफुहरुले नेपालको पहिचान विश्व सामु चिनाउन पनि उक्त कार्यक्रम गर्न लागिएको सुवेदीको भनाइ रहेको थियो ।

फाउण्डेसनका महासचिव एकराज गिरीले बुद्ध र सगरमाथा जोडेर आफुहरुले विदेशमा नेपालको नाम राख्ने विभिन्न अभियान जारी राख्दै आउने क्रममा उक्त फाउण्डेसन स्थापना गरेको बतउनुभयो । शान्तिका लागि फुटवल भन्ने अभियान नेपालबाट सुरु गरी यसलाई विश्वका धेरै मुलुकसम्म पुराउने आफुहरुको लक्ष्य रहेको महासचिव गिरीले जनाए ।

यस्ता अभियानले खेलाडी तथा खेलकुदको विकासमा थप टेवा पुग्ने उहांले दाबी गर्नुभयो । हालसम्म आफुहरुले १६ देशमा समन्वय गरेको महासचिव गिरीले बताउनुभयो । नेपाली फुटवल टिमका पूर्व कम्तान तथा गण्डकी प्रदेशको टिमका समेत कप्तान अनिल गुरुङले स्पेन जस्तो देशका खेलाडीहरुसंग पोखरामा खेल्न पाउनु निकै खुसिको कुरा भएको बताउदै आफुहरुको टिमको तयारी सुरु भएको र े राजेन्द्र तामाङको प्रमुख प्रशिक्षणमा आफुहरु तयारीमा जुट्दै गरेको जानकारी दिनुभयो ।

केही दिनमा २५ जना खेलाडीहरु छनौट गरी मैत्रिपूर्ण खेलको लागि कम्तिमा एक हप्ता प्रशिक्षण गर्ने भएको कप्तान गुरुङले जानकारी दिनुभयो । पूर्व खेलाडी सुन्दर थापाले पोखरामा भएको भोलि पल्ट अर्थात पुष १४ गते काठमाण्डौंमा मैत्रिपुर्ण खेल हुने भएको बताउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पोखरा रंगशालामा निर्माण भएको पोखरा फुटवल स्टेडिएको भरपूर्ण रुपमा प्रयोग सहित त्यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । खेलाडी र खेलकुदको विकास हुने कुनै पनि कार्यक्रममा मञ्चले सहयोग गर्ने उहांको भनाई थियो । मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले यस्ता प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *