पुम्दीभुम्दी सहकारीद्वारा मानव सेवा आश्रमलाई सहयोग

आदर्श अनलाइन, पोखरा
पुम्दीभुम्दी बचत तथा ऋण सहकारीले चौथों वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेको छ । सहकारीले आफ्नो वार्षिकोत्सवको अवसर पारी मानव सेवा आश्रमको छोरेपाटन शाखामा पुगेर १० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै अरु सेयर सदस्य र सर्वसाधारणलाई पनि सामाजिक काममा प्रेरित गर्न आश्रमलाई सहयोग गरिएको सहकारीका अध्यक्ष यामकुमार बरालले बताउनुभयो ।

सहकारीका उपाध्यक्ष राजु बरालले साबिक पुम्दीभुम्दी गाविसका सबै वडा समेटेको यो सहकारीले सहकारीमा मर्म आत्मसात गर्दै उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र बनाउन काम गर्ने बताउनुभयो ।

५ सय ९५ सेयर सदस्य रहेको यो सहकारीको चुक्ता पूँजी १ करोड ७२ लाख छ । कार्यक्रममा आश्रमकी प्रतिनिधि सम्झना बर्ताैलाले अहिले यो शाखामा ६५ जना आश्रित रहेको जानकारी दिदै पुम्दीभुम्दी सहकारीको सहयोग प्रति आभार प्रकट गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *