हि ल्होछारको अवसरमा गोपाल गुम्बामा कङग्युर पाठ शुरु

आदर्श अनलाइन, पोखरा
हि ल्हो (बिरालो वर्ग) आगमनको अवसर पारी टासी छ्योएलिङ (गोपाल) गुम्बामा कङग्युर (त्रिपिठक) पाठ वाचन तथा तोनाग घोसुम पुजा शुरु भएको छ । तो ल्हो (बाघ वर्ग)को विदाई र हि ल्हो (बिरालो वर्ग)को आगमनको अवसरमा पोखरा महानगरपालिका वडा नंं.१० रामघाट, बौद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा कङग्युर पाठ शुरु भएको हो ।

गुम्बाद्धारा विश्वमा शान्तिको कामना, विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारसहितको उद्धेश्यसहित आयोजित २२ औं कङ्ग््युर (त्रिपिटक) पाठ वाचन तथा तोनाग घोसुम पुजाको पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नु हुदै शान्तिका लागि असल भावना,सत्कर्म,अमृत वचन आवाश्यक रहेको बताउनुभयो। शान्ति बाटै आनन्तमय जीवन प्राप्त हुने बताउनुभयो।

दश दिने कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेकाले महानगरले माध्यमिक शिक्षासम्म पठन पाठनका लागि समन्वय गर्ने बताउनुभयो। उद्घाटन कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सु.सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मिन गुरु, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

गुम्बाका प्रमुख लामा गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सु.यामबहादुर गुरुङले स्वागत र लामा फुर्वाले कार्यक्रम संचालन गर्नुभएको थियो । उद्घाटन समारोह पश्चात पल टासी छ्योएलिङ गोपाल गुम्बामा कङ्ग्युर पाठ र पुजा शुरु गरिएको छ ।

पल टासी छ्योएलिङ गोपाल गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङको अगुवाईमा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों र्हिचमी(चेलीबेटी)हरु लगायत विभिन्न जिल्लाबाट बौद्ध उपासक उपासिकाहरुको बृहत सहभागीता रहने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *