सहसम्पादक पन्तलाई ‘नारायण प्रसाद स्मृति पत्रकारिता’ पुरस्कार

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङकी सहसम्पादक सिर्जना पन्त हरिलक्ष्मी(नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभए को छ ।

पत्रकार महासंघ बागलुङको १३ औँ वार्षिक साधारण सभाका अवसरमा पन्तलाई आज यहाँ पुरस्कृत गरिएको हो । पुरस्कार गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीले मणिभद्र शर्मा कँडेलले प्रदान गर्नु भएको हो ।

व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफनो बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालमा यो पुस्कार स्थापना गर्नु भएको हो ।

बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालदेखि समाचार, स्तम्भ लेखन र पत्रकारिता तालिम दिने उदेश्यले कोष स्थापना भएको थियो ।

पन्तसँगै राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक,राससका समाचारदाता रामबहादुर थापा,सरोजराज पन्त र सज्जनकुमार सिंह हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार, पत्रकार भाषा शर्मा र गणेश पौडेल ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारी ‘टीकाधना पत्रकारीता पुरस्कार’बाट पुरस्कृत हुनु भएको छ । उक्त पुस्कार राशी १५ हजार रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *