पोखराको न्युरोडमा पाल्पा हाउस संचालन तयारी

आदर्श अनलाइन, पोखरा
पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण पूरा भएको हो । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक सजावटमा अझै कम्तीमा एक करोड लाग्ने अनुमान छ ।

पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउने उद्देश्यले पाल्पा हाउस प्रालिले यो संचालनमा ल्याउन लागेको हो । कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाली उत्पादनहरु अब यहाँबाट एकैथलोमा उचित मूल्यमा उपलब्ध गराइने बताउनुभयो । यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने उहांको विश्वास छ ।

नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहल थालनी गरेका हुन् । पाल्पा हाउस सम्भवत आगामी माघ पहिलो सातादेखि औपचारिक संचालन गर्ने लक्ष्य रहेको समाजका पूर्व अध्यक्षसमेत रहेका कम्पनी अध्यक्ष घिमिरेले बताउनुभयो ।

समाजका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउदै पाल्पाली समाज पोखराले बिस्तारै बृहत् रुप लिंदै गएको वताउनुभयो । समाजले नै सहकारी जन्माएाको वताउदै थापाले पाल्पा हाउससँगसँगै पाल्पाली कोलोनी पनि छिट्टै संचालनमा ल्याउने जानकारी दिनुभयो ।

न्यूरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । यहाँ १७ ओटा सटरमध्ये ९ ओटा बुकिङ भइसकेको संचालकमध्येका एक जगदीश गौतमले बताउनुभयो । पाल्पाली ढाका, करुवा, तरकारी, फलफूलका अलावा पाल्पाली स्वाद हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक समेत यहाँ संचालन हुने रेष्टुरेन्टका परिकार हुने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *