भुपु सैनिक सहकारीको १८ औ साधारण सभा

अदर्श अनलाइन, बागलुङ

स्वतन्त्र भुतपूर्व सैनिक संस्था तथा भूपू सैनिक सहकारी संस्था लि. को १८ औँ साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी सघंका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले गर्नुभएको थियो ।

उद्घाटनपछि बोल्दै उहाँले सहकारी सघंसंस्थालाई इमान्दार र पारदर्शी तरिकाले चलाउनुपर्ने बताउनुभयो । पौडेलले सहकारीहरु नीति नियम अनुसार चल्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम दुबै संस्थाका अध्यक्ष मेजर तेज बहादुर खत्री र क्याप्टेन हरिबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो अवसरमा बाबुराज कार्की, पूर्णमायाँ सुनार, गोपाल थापा र राम कार्की भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक तथा संस्थामा उत्कृष्ट कारोबार गर्ने लाई सम्मान गरिएको थियो । कार्यक्रम क्याप्टेन हर्क बहादुर थापाको स्वागत तथा सचिव तारक बहादुर केसी र नर बहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *