राहत कृषि सहकारीको अध्यक्षमा अन्जु केसी

आदर्श अनलाइन, पोखरा
पोखरा ५ मा रहेको राहत कृषि सहकारी संस्था लिमिटेडको पांचौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट अध्यक्षमा अञ्जु केसी सर्वसम्मत चयन हुनुभएको छ । सहकारीको उपाध्यक्षमा महेन्द्र पौडेल, सचिवमा वासुदेव पौडेल, कोषाध्यक्षमा प्रकाश रेग्मी र सहसचिवमा बोधराज रेग्मी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा गुरुदत्त शर्मा पौडेल, महेन्द्र सापकोटा, कृष्णमुरारी बास्तोला, कमला गुरुङ थापा, टंकदेवी कार्की र देवेन्द्र अधिकारी चयन हुनुभएको छ । सहकारीको लेखा समिति संयोजकमा धर्मदत्त पौडेल र सदस्यमा रविचन्द्र जम्मरकट्टेल र दीपक उपाध्याय निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक अधिवक्ता शिवराज पौडेलले जानकारी दिनुभयो ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरका सहकारी दर्ता अधिकारी भरतराज पौडेलले सहकारीका मान्यता अवलम्बन गर्दै अघि बढ्न आग्रह गर्नुभयो । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारीलाई बलियो बनाउने जिम्मेवारी सबै सहकारीकर्मीको हुनुपर्ने उहांको भनाइ रहेको थियो । सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी उज्ज्वल खत्री, सचिव रविचन्द्र जमरकट्टेल, सदस्य अर्जुनप्रसाद पौडेल लगायतले बोेल्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष केसीले अबको आवश्यकता कृषि क्रान्ति भएको र सबै सदस्यहरुलाई निर्वाहमुखी भन्दापनि कृषिलाई ब्यवसायमुखी बनाउनतर्फ जोड दिने वताउनुभयो । सहकारीका स्थापित मान्यता र सेयर सदस्यको आकांक्षा बमोजिम संस्थालाई अघि बढाउने उहांको योजना रहेको वताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *