आजको मौसम : तराईमा हुस्सु, पहाडका केही ठाउँमा बदली

आदर्श अनलाइन, काठमाडौं

जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ। त्यसबाहेक बिहानको समयमा तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ। तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *