राष्ट्रिय सहकारी बैंकको लेखा संयोजकमा उप्रेती निर्विरोध

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको लेखा सुपरीेवेक्षण समितिको संयोजकमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्विरोध निर्वाचित हुनु भएको छ ।

बैंकको १९ औ वार्षिक साधरणसभा अन्तरगत पुस ६ गतेका लागि तोकिएको उमेदवारी दर्ताका क्रममा लेखा समिति संयोजकमा उमेदवारी दिएका २ जना मध्ये राजु पुरीको उमेदवारी खारेज भएपछि उप्रेती निर्विरोध हुनु भएको हो ।

संयोजकका लागि तोकिएको योग्यता नपुगेका कारण पुरीको उमेदवारी खारेज भएको निर्वाचन उपसमितिका सुमन पौडेलले जनाउनु भएको छ । आगामी ४ वर्षका लागि लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित उप्रेती २०७५ मा पनि सोही पदमा निर्वाचित भई कार्यरत रहनु भएको छ ।

बैंकको अध्यक्षमा के.बी.उप्रेती, सञ्चालकहरुमा गण्डकी प्रदेशबाट राम बहादुर जिसी र मधेस प्रदेशबाट विश्वनाथ मण्डल निर्विरोध भइसक्नु भएको छ ।

बैंकको आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका लागि अन्य पदमा एक भन्दा बढी उमेदवारी परेको छ । पुस ७ गते अपरान्ह ५ बजेसम्म उमेदवारको नाम फिर्ता लिने समय रहेकाले अन्य पदमा पनि सर्वसम्मतका लागि प्रयास भैरहेको छ । सर्वसम्मत नभएका पदहरुमा पुस १६ गते निर्वाचन हुने भएको छ ।

अध्यक्ष, सात प्रदेशबाट ७ जना सञ्चालक (२ जना महिला सहित), ३ जना महिला सञ्चालक र ४ जना खुल्ला सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयोजक, खुल्ला सदस्य र महिला सदस्यका लागि उमेदवारी आव्हान गरिएको थियो ।

सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका १८ पदका लागि हुने निर्वाचनमा प्रदेश नं. १ मा २ जना, बागमती प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा ३ जनाको उमेदवारी परेको छ । लुम्बिनी र सुदुरपञ्चिम प्रदेश महिलाका लागि छुट्टयाइएको छ, २ पदका लागि ४ जनाको उमेदवारी परेको छ ।

खुल्ला ४ पदका लागि ३३ जनाको र महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेदवारी परेको निर्वाचन उपसमितिका सदस्य रामशरण शर्मा घिमिरेले जानकारी दिनुभयो ।

लेखा सुपरीवेक्षण समितिको खुल्ला सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उमेदवारी परेको छ । बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *