राष्ट्रिय सहकारी बैंकको सञ्चालकमा बागमतीबाट बजगांई र सुदुरपश्चिमबाट थापा निर्विरोध

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा बागमती प्रदेशबाट रामहरि बजगांई र सुदुरपश्चिम प्रदेशबाट शिवा थापा निर्विरोध निवार्चित हुनुभएको छ । निर्वाचन उपसमितिले उमेदवारी फिर्ताका लागि दिएको समयमा बजगांई र थापाको पदमा उमेदवारी दिएका अन्य उमेदवारले नाम फिर्ता लिएपछि उहाँहरु निर्विरोध हुनुभएको हो ।

निर्वाचन उपसमितिका अनुसार यस अघि बैंकको अध्यक्षमा के.बी.उप्रेती, सञ्चालकहरुमा गण्डकी प्रदेशबाट राम बहादुर जिसी, मधेस प्रदेशबाट विश्वनाथ मण्डल, प्रदेश नंं. १ बाट महेन्द्र गिरी , लुम्बिनी प्रदेशबाट विजया धिताल, खुल्ला महिला सदस्यमा अमृता सुब्बा, पार्वती थापा र तारा गुरुङ तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मी प्रसाद उप्रेती निर्विरोध भइसक्नु भएको छ ।

१५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपर ीवेक्षण समिति गरी १८ पदका लागि हुने निर्वाचन अन्तरगत अध्यक्ष, सञ्चालकमा ९ जना र लेखा सुपरीवेक्षण समितिको संयोजक गरी ११ जना सर्वसम्मत भएका छन् ।

कर्णाली प्रदेश सञ्चालक १ जना, खुल्ला सञ्चालक ४ जना, लेखा सुपरीवेक्षण समितिको सदस्य खुल्ला १ जना र महिला १ जना गरी ७ पदमा सर्वसम्मत हुन नसकेको निर्वाचन समितिका सदस्य रामशरण शर्मा घिमिरेले जानकारी दिनुभयो ।

बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभा मार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *