आदर्श अनलाइन, काठमाडौं
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ३९ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?