स्थापना दिवसमा सरसफाइ

आदर्श अनलाइन, पोखरा
फेवा बचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसर पारी पोखराको जिरो किमी र भद्रकालीमा सरसफाइ कार्यक्रम गरेको छ । सहकारीले प्रधान कार्यालय रहेको क्षेत्र जिरो किमी र भद्रकालीमा रहेको सेवा केन्द्र भद्रकाली चोकमा सरसफाइ कार्यक्रम गरेको हो ।

सरसफाइ कार्यक्रममा सहकारीका अध्यक्ष क्याप्टेन. चन्द्र प्रसाद गुरुङ र सल्लाहकार महेश गुरुङले सहकारीका उपाध्यक्ष एवं सरसफाइ कार्यक्रम उपसमितिका संयोजक सम्मर बहादुर श्रेष्ठलाई सरसफाइ सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सरसफाइ कार्यक्रममा कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले उपस्थित शेयर सदस्य हरूलाई सरसफाइ कार्यक्रम सम्बन्धी जानकारी दिनुहुदै सहकारीले सामाजिक उत्तरदायित्वका काम मध्य सरसफाइ पनि भएकाले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । सरसफाइ बाट ३ क्वीन्टल फोहर संकलन गरिएको समेत संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीका शेयर सदस्य एवं याङ्जाकोट तमु समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङ, राम बजार सोसाइटी यूकेका संस्थापक अध्यक्ष राम गुरुङ, भूतपूर्व अध्यक्ष रूपक गुरुङ, सल्लाहकार महेश गुरुङ, सस्थाका सचिव दिल बहादुर भट्टराई, कोषाध्यक्ष शेरकाजी गुरुङ, भद्रकाली सेवा केन्द्रका संयोजक क्याप्टेन श्याम गुरुङ, सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेल लगायत ८० जनाको सहभागिता रहेको थियो ।

फेवा बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष एवं सरसफाइ कार्यक्रमका संयोजक सम्मर बहादुर श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रबन्धक जगन तिमल्सिनाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *