विज्ञान प्रदर्शनीमा बेनी बोर्डीङ पहिलो

आदर्श अनलाइन, म्याग्दी
जिल्लाकै जेठो विद्यालय प्रकाश माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ आवासीय माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ ।

आफ्नो ७० औं वार्षिकोत्सवको अवसरमा ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको प्रकाश माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा आयोजक प्रकाश मावि द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी र बेनी सामुदायिक मावि तृतीय भएका छन् । त्यसैगरी पर्वतको फर्से धाईरिङ माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो । उत्कृष्ट विद्यालयहरुलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न ९ वटा विद्यालयहरुले सहभागिता जनाएको विज्ञान प्रदर्शनीको इकाई प्रमुख थापा, विद्यालयका पूर्व प्रधानाध्यापक तथा विज्ञान विषय शिक्षक हरिकृष्ण सुवेदी र धवलागिरि माविका पूर्व प्रधानाध्यापक तथा वर्तमान विज्ञान शिक्षक डण्डपाणि सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । किताबी ज्ञानलाई व्यवहारमा परिवर्तन गर्न र विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित क्षमतालाई प्रष्फुटन गराउने उद्देश्यसहित विज्ञान प्रदर्शनी आयोजना गरिएको प्रकाश माविका सहायक प्रअ टेकप्रसाद सुवेदीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालको स्वागत र सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयका विद्यार्थीहरुद्वारा हस्तकलाको प्रयोगमा निर्माण गरिएका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *