टुर दी पोखरामा सोलो साइकल प्रतियोगितामा अमेरीकाका इलाइजा प्रथम

आदर्श अनलाइन, पोखरा
१९ किलोमिटर साइकल र्याली सम्पन्न भएसंगै यो वर्षको टुर दी पोखरा कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । पोखराको नयांबजार स्थित प्रदर्शनी केन्द्रबाट सुरु भएको र्याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टि नालाको मुख, विन्ध्यवासिनी, बगर, टुंडिखेल, हरिचोक, मिरुवा, भद्रकाली स्कुल, वडा कार्यालय १३, कुंडहर ३२ के.बी., अमरसिंहचोक, कालिकाचोक, गौडामुख, बुद्धचोक, पृथ्वीचोक हुदै प्रदर्शनी केन्द्रमा पुगेर समापन भएकोे थियो ।

उक्त र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुर लगायतबाट सहभागि भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताउनुभयो । सो र्याली पश्चात पोखरामा भएको सोलो साइकल रेसमा अमेरीकाका इलाइजा प्रथम हुनुभयो । उहांले सहभागि १९ जनालाई पछि पार्दै अन्य भन्दा ढिलो (सोलो) साइकल चलायर प्रथम हुनुभएको हो । सो प्रतियोगितामा सुजन अधिकारी दोश्रो र सिजनराज महत तेश्रो स्थान हासिल गर्नुभयो । प्रतियोगितामा २० जना सहभागि भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताउनुभयो ।

सो कार्यक्रममा वोल्दै पोखराका मेयर धनराज आचार्यले पोखरामा साइकल सिटिको रुपमा विकास गर्न खोजेको बताउदैे यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगेको अबस्थामा साइकलको प्रयोगले पोखराको वातावरण संरक्षण गर्ने अभियानमा सहयोग पुग्ने बताउनुभयो । त्यसै गरी कार्यक्रममा महजोडी हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यले यस्तो कार्यक्रमले पोखराको खेल पर्यटनको प्रर्बद्धन हुनेमा जोड दिनुभयो ।

नेपाल आयल निगमका प्रमुख इन्जिनियर उमेश थामीले इन्धन बचत गर्ने उद्धेश्यले आयोजित उक्त र्यालीले इन्धन कम खपत गर्न प्रोत्शाहन गरेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विदेशबाट आयात हुने अत्याबसेक इन्धनको सकेसम्म कम खपत गर्न सुझाव दिनुभयो । पोखरामा यस्ता खेल गतिविधिले खेल पर्यटनको विकास गर्न मद्धत पुग्ने पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानिया, पोखरा ५ का वडा अध्यक्ष बिष्णु बराल लगायतको सहभागिता रहेको थियो ।

शनिबार नै पोखरामा भएको खुल्ला रक्तदान कार्यक्रमबाट ३० यूनिट रंक्त संकलन भएको साइकल सिटि पोखराका अध्यक्ष अभिषेक कोइरालाले जानकारी दिनुभयो । टुर दी पोखरा अन्तर्गत विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको थियो । टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी विहिबार बागलुङ देखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताउनुभयो ।

उक्त र्यालीमा १० बर्षका लुकास भट्टराई देखि ७३ बर्षका तिर्थ श्रेष्ठ सहित करिब एक सय भन्दा बढी साइक्लिटहरुको सहभागिता रहेको थियो । टुर दी पोखराको पूर्व सन्ध्यामा पोखरामा बुधबार पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *