दोश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बागलुङमा पनि मनाईयो

आदर्श अनलाइन, बागलुङ
ज्येष्ठ नागरिक सघं बागलुङले दोश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । संघले दिवसका अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै उनिहरुलाई लठ्ठी, थर्मस लगायतका सामग्री वितरण समेत गरेको थियो ।

दिवसका अवसरमा आफ्ना बुवालाई कलेजो दिएर ज्यान बचाउने बागलुङ बजार स्थित होटल पिस प्यालेसका संचालक निलेशचन्द्र राजभण्डारी र वृद्ध वुवाआमा लाई राम्रो हेरचाह गर्ने आशा खड्का लाई असल छोराछोरीको रुपमा सम्मान समेत गरेको छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, ज्येष्ठ नागरिक संघका गण्डकी प्रदेश अध्यक्ष गुमानसिहं कार्की र बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीले संयुक्त रुपमा राजभण्डारी र खड्का लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्नु परिवार र राज्य सबैको दायित्व भएको बताउनुभयो । ज्येष्ठ नागरिकले सम्हालेका ज्ञान सिप र अनुभव भावी पुस्तका लागि मार्गदर्शन बन्ने भन्दै उहाँले”ज्येष्ठ नागरिकका लागि राज्यले दिएका अधिकारक सहजरुपमा प्राप्त हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा ज्येष्ठ नागरिक संघका गण्डकी प्रदेश अध्यक्ष गुमानसिहं कार्की, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल, नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल, सामाजिक विकास कार्यालयका प्रमुख डम्वर बहादुर जिसी, धौलागिरी अस्पतालका प्रशासन प्रमुख तेज प्रसाद निउरे, वडा नम्वर १२ का अध्यक्ष कोपिलामणी शर्मा पाठक, समाजसेबी देब बहादुर श्रेष्ठ, बानपा १३ की वडा सदस्य आशा केसी र सम्मानित व्यक्तित्व निलेशचन्द्र राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दिवसका अवसरमा ज्येष्ठ नागरिक संघका अध्यक्ष लालचन्द्र राजभण्डारीले ज्येष्ठ नागरिकको संस्थागत विकासका लागि रु १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बागलुङ काठमाण्डौ सम्पर्क मञ्च महिला समुहले १ लाखले १ लाखको अक्षयकोष राखेको छ भने कार्यक्रममा १ सय ५० जना ज्येष्ठ नागरिक लाई आवश्यकता अनुसार लठ्ठी, थर्मस र टर्चलाईट लगायतका सामग्री वितरण गरिएको संघका सचिव हरिलाल सुबेदीले जानकारी दिनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिका अन्र्तगतको नगर स्वास्थ्य शाखाले ८९ जनाको स्वास्थ्य परिक्षण गरेको जनस्वास्थ्य निरिक्षक लक्ष्मण ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ जना महिला र ५४ जना पुरुषको स्वास्थ्य परिक्षण गरिएकोमा ११ जनामा सुगर र २४ जनामा उच्च रक्तचापको समस्या देखिएको ढकालले बताउनुभयो ।

कार्यक्रम ज्येष्ठ नागरिक सघं बागलुङका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष चिरञ्जीवी भारीको स्वागत मन्तव्य र सचिव हरिलाल सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *