स्वाभिमान बहुउद्देश्यीय सहकारी बागलुङको अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङ

स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको तेह्रांै वार्षिक साधारणसभाबाट शिवकला थापा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

संस्थाको उपाध्यक्षमा लेख बहादुर खड्का, सचिवमा रेणु के.सी हमाल, सहसचिव तेजेन्द्र आचार्य र कोषाध्यक्षमा पम्फा खड्का चयन हुनु भएको छ ।

सञ्चालक समितिको सदस्यहरुमा सिता नायक क्षेत्री, अम्मर बहादुर थापा, याम बहादुर के.सी, भावना खड्का, लाल बहादुर के.सी, संगम के.सी रहनु भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्य बहादुर रायमाझी तथा सदस्यहरुमा प्रविण थापा र धनकुमारी खड्का चयन हुनुभएको छ ।

साधारणसभाको उद्घघाटन बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै खड्काले सहकारी, सदस्य र राज्य बीच समन्वय, सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीलाई सहकारीकै मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन गर्न सम्पुर्ण सहकारी संघसंस्थाले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निवर्तमान संघीय सांसद एवम् नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मन कुमारी केसी जिसी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवर, संस्थाका सल्लाहकार बाबुराज कार्कीले सदस्यरुलाई वित्तीय रुपमा साक्षर बनाउनका लागि स्वाभिमान बहुउद्देश्यीय सहकारीले महत्तवपुर्ण भुमिका निवार्ह गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष शिवकला थापाको अध्यक्षता, सचिव लेख बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *