आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङको प्रथम जिल्ला अधिवेशन शुक्रबार पञ्चकोटमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले लोकसंस्कृति र नेपाली मौलिकता जोगाउनका लागि लोकभजनको संरक्षण र जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले लोकभजन चुट्काको माध्यमबाट धर्म संस्कृति र संस्कारको संरक्षण र बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा पञ्चकोट धामका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले लोकभजन मनोरञ्जनको लागि नभै धर्म संस्कृति संस्कार संग जोडिएको बताउनुभयो । उहाँले संस्कृतिमा पनि बिकृति मौलाउदै गएको भन्दै उहाँले भजन मानव जीवनलाई सहि मार्ग तर्फ डोर्याउदै मुक्तिमार्ग सम्म पुर्याउने माध्यम भएको चर्चा गर्नुभयो ।
सो अवसरमा लोकभजन चुट्का संरक्षण समितिका केन्द्रिय महासचिव डा.तुलसी प्रवास खनाल, सचिव खगेन्द्र पराजुली, विश्व हिन्दु महासघंका केन्द्रिय सदस्य जगन्नाथ आचार्य, लोकभजन चुट्का संरक्षण समितिका प्रदेश सदस्य झपेन्द्र क्षेत्री र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती खड्का परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय लोकभजन चुट्का संरक्षण तदर्श समितिका संयोजक टेक बहादुर केसी संगमको अध्यक्षता र सदस्य भिम पौडेलको संचालमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो । कार्यक्रमको बन्द सत्रले नर्या नेतृत्व चयन गर्ने बताईएको छ ।