पोखरा महानगर न्यायिक समितिद्धारा मेलमिलापकर्ता तालिम प्रदान

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका न्यायिक समितिद्धारा आयोजित मेलमिलापकर्ता सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ ।

एक हप्ता सम्म सञ्चालित तालिमको समापन गर्दैे उच्च अदालत पोखराका मुख्यन्यायधिश डिल्लिराज आचार्यले मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले असर र पारर्दशी रुपमा काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘न्यायधिशले दिने न्याय प्रयोगात्मक हुन्छ । मेलमिलापकर्ताले दिने व्यवहारीक हुन्छ ।’

उहाँले डिग्रीको सिक्र्रीले नभई व्यवहार र अनुभवको आधारमा मेलमिलापकर्ताले व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । मुख्य न्यायधिश आचार्यले तालिम लिएका मेलमितापकर्ताहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नुपर्ने समेत वताउनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिको अगका रुपमा मेलमिलापकर्ता रहने भएकाले विवाद समाधानमा महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले विवाद समाधानमा तालिमबाट सिकेको विषयवस्तुलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगर न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठले न्यायिक समितिको बारेमा बोल्नुभएको थियो । तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिममा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको थियो ।वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । तालिम प्राप्त मेलमिलापकर्ता नभएका र पाँच जना भन्दा कम भएका वडाबाट नाम माग गरेर तालिम सञ्चालन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *