विवाईसी बागलुङको ३१ औं साधारणसभा

आदर्श अनलाइन, बागलुङ
विवाईसी बागलुङको ३१ औं वार्षिक साधारणसभा शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य लिल बहादुर थापाले विवाईसी मार्फत गरिएका सामाजिक कार्यले जीवनस्तरमा सुधार ल्याएको बताउनुभयो ।

उहाँले विवाईसीले स्वास्थ्य, शिक्षा, झोलुङ्गे पुल लगायत नौ क्षेत्रमा काम गरेको बताउदै समृद्धिका लागि विवाईसी संगै आफू रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका सभापती गणेश पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, विवाईसीका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, काठेखोला गाउँपालिका–२ का वडा अध्यक्ष विद्यापती शर्मा, विवाईसीका पूर्व सल्लाहकार डिल्लिराज गौतम, समाजसेवी चन्द्रामणी उपाध्याय, काठेखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष अम्मर बहादुर थापा, हेफर इन्टरनेशनलाका कार्यक्रम अधिकृत फुलाराम चौधरी, फेरमेट फाउण्डेशनका कार्यक्रम संयोजक गणेश बरुवाल, भिएसो नेपालका कार्यक्रम संयोजक सक बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मनिभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत तथा सचिव दिपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

विवाईसी बागलुङले झोलुङ्गे पुल कार्यक्रम, सुरक्षित आप्रवासन परियोजना, ग्रामिण स्वास्थ्य सुधार परियोजना, पशुवस्तुको मूल्य ऋङ्खलामा आधारित कार्यक्रम, कृषि तथा पशु एदमशीलता विकास परियोजना, नेपालमा डिजिटल प्रविधिमा लैङ्गिक अन्तर न्यूनिकरण परियोजना, सिकाई परियोजना, सामाजिक सेवा ईकाई सहजीकरण कार्यक्रम र संस्थागत विकास एवम् मागमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको विवाईसी बागलुङका अध्यक्ष मनिभद्र शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *