उज्जवल सहकारीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

आदर्श अनलाइन, पोखरा
उज्जवल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखराको न्युरोडमा रहेको उज्जवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले उद्घाटन गर्नुभयो ।

साधारण सभाको उद्घाटन गर्दैै प्रमुख अतिथि जिसीले उज्जवल सहकारीले आन्तरिक रुपमै अनुगमन समिति गठन गरी संस्था सुदृढीकरणको कदम चलाएकोमा प्रशंसा गर्दै विधी र विधानअनुसार सहकारी संचालन गरे सफल हुने बताउनुभयो । विधी र विधान मिच्न खोज्दा विभिन्न समस्याहरु आइपर्ने बताउदै राष्ट्रिय सहकारीले पनि सहकारीहरुलाई निगरानीमा राखी समस्या सुल्झाउनका लागि आवश्यक सुझाव दिदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले सहकारीले विशेष क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै आफ्नो पहिचान बनाउन र सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनुभयो । सहकारीका सल्लाहकार नारायण कार्कीले उत्कृष्ट कारोवारीलाई लाभ सहित सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । अनुगमन समिति संयोजक राजेन्द्र लिगलले संस्थामा नियतवश हानी पुग्ने कार्य नभएको वताउदै समितिका सुझाव सभाले मनन गर्ने बताउनुभयो ।

कार्यक्रममा अनुगमन समिति सदस्य बावुराम पन्त, सेयर सदस्य पदमराज पहारी, सम्मानित बचतकर्ता उषा कार्की लगायतले वोल्नुभएको थियो । सो अवसरमा अनुगमन समितिका संयोजक राजेन्द्र लिगल, सदस्यहरु राजेन्द्र लालचन, बावुराम पन्त र शिव शर्मा चापागाइ, उत्कृष्ट बचतकर्ता उषा कार्की, नारायण प्रसाद अर्याल, उत्कृष्ट कारोबार गर्ने लालबहादुर श्रेष्ठ र लक्ष्मी कोइरालालाई सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष नरेन्द्र बास्तोलाले अध्यक्षको प्रतिवेदन, बैकुण्ठराज तिम्सिेनाले लेखा सुपरिवेक्षण र कोषाध्यक्ष मीनकुमारी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव सुरेन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा सदस्यहरु पुजन राजभण्डारीले स्वागत मन्तब्य र सीता पाण्डेले सहकारीको सात सिद्धान्तको वाचन गर्नुभएको थियो । ४ सय ४८ सेयर सदस्य रहेको सहकारीको सेयर पुंजी २ करोड ७ लाख ४० हजार रहेको छभने निक्षेप संकलन ६ करोड १५ लाख भन्दा बढी र लगानी ८ करोड रहेको सहकारीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *