रेश साना किसान कृषि सहकारी बागलुङको अध्यक्षमा शर्मा

आदर्श अनलाइन, बागलुङ
रेश साना किसान कृषि सहकारी संस्था लिमिटेड बागलुङको चौँथो वार्षिक साधारण सभाबाट उजेली शर्मा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

संस्थाको उपाध्यक्षमा कविता थापा, सञ्चालक समितिको सदस्यहरुमा डम्मर बहादुर थापा, भुमा थापा, इस्मिता भण्डारी कार्की, बसन्ती कुँवर, देवी कुँवर, उमराज कार्की, महेन्द्र प्रसाद शर्मा रहनु भएको छ ।

साधारणसभाको उद्घघाटन कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त्त भट्टराईले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै भट्टराईले सहकारी, सदस्य र कृषि बीच समन्वय रहिरहन आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिको उचित व्यवस्थापन गर्नका लागि सहकारीताका मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काठेखोला गाँउपालिका वडा नंं ७ का वडा अध्यक्ष पे्रम लामिछाने, पुर्व वडा सदस्य मुक्तिराम थापा, नारायणस्थान साना किसान कृषि सहकारी संस्था लिमिटेड बलेवाका नारायण शर्मा, रेश नुन्थला मा.विका प्रधानाध्यापक ओम बहादुर थापा, शिक्षक हरि कुँवर, डिल बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर कार्कीको अध्यक्षता, शिक्षा उप– समिति संयोजक प्रजापति गौतमको सञ्चालन र उपाध्यक्ष उजेली शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

रेश साना किसान कृषि सहकारी संस्था लिमिटेड बागलुङकबा हाल सम्म ८२७ जना शेयर सदस्य रहेको संस्थाका कर्मचारी उषा थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *