उप्रेतीको नेतृत्वमा राष्ट्रिय सहकारी बैंकको नयाँ संचालक समिति

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिस सहकारी बैंकको १९ औं वार्षिक साधारणसभाबाट के.बि. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित भएका छन् । संचालक समितिको सदस्यहरुमा गण्डकी प्रदेशबाट राममहादुर जीसी, बागमती प्रदेशबाट रामहरि बजगाईं, प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका हुन् ।

लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् । बैंकद्वारा आज आयोजित क्षेत्रगत साधारणसभाको निर्णय प्रमाणिकरण तथा सभा समापन समारोहमा नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा सभा समापन कार्यक्रम गरिएको हो । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित लगायतको आतिथ्यता रहेको थियो । बैंकले गत शनिवार सातै प्रदेशमा एकैपटक इकाइगत साधारणसभा सम्पन्न गरेको थियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *