श्रीकृष्ण आधारभुत विद्यालय बागलुङको ६३ औँ वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ
श्रीकृष्ण आधारभुत विद्यालय बा.न.पा–५ मालिका बान्द्रेको ६३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी अनुसारको शैक्षिक गुणस्तर वृद्धि हुनुपर्ने बताउनुभयो ।

अधिकाशं शिक्षकले आफ्ना छोराछोरी निजी स्कुलमा पढाउने गरेका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्केको चर्चा गर्दै” आफु कार्यरत विद्यालयलाई विश्वास गर्न नसक्ने शिक्षकले राम्रो गुणस्तर दिन धारणासमेत व्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक बिद्यार्थी र अभिभावक एक हुनुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बिद्यालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर वृद्धिका लागि सबै संग हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो । विद्यालयको शैक्षिक प्रतिवेदन शिक्षक घनश्याम रिजालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमा पुर्व शिक्षक अभिभावक सघंका अध्यक्ष कृष्ण प्रसाद शर्मा,जग्गादाता प्रेम प्रसाद सापकोटा, समाजसेवी बलराम सापकोटा, विद्यार्थी आयुस्मा रिजाल र शुभलक्ष्मी आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै बिद्यालयको अक्षय कोषबाट रु १ लाख बराबरको खेलकुद पोसाक विवतरण गरिएको शिक्षक घनश्याम रिजालले जानकारी दिनुभयो । वार्षिकोत्सवका अवसरमा अभिभावकको लागि म्युजिकल्चीयर प्रतियोगिता सम्पन्न गरेको जनाएको छ । वर्षिकोत्सवमा उत्कृष्ट अंक ल्याउने तथा जेहेन्दार बिद्यार्थी लाई पुरस्कृतसमेत गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षता, शिक्षक खडानन्द सापकोटभको स्वागत मन्तव्य र शिक्षक रेशम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *