महिला उद्यमशिलता सहकारी बागलुङको २२ औँ साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
‘सिप सिक्नु महिलाको सान, सिकाउनु सहकारीको अभियान’ भन्ने नाराका साथ महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २२ औँ साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन संस्थाका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले सहकारी अभियान बाट महिलाको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । अफ्ठोरो परिस्थीतीमा महिला उद्यमसिला सहकारी जन्मेको चर्चा गर्दै उहाँले सहकारी मार्फत उद्यम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा संस्थाका सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,सहकारीका संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठ , सहकारीका संरक्षक चन्द्र कुमारी श्रेष्ठ , सल्लाहकार बिना कार्की ,शेयर सदस्य मनमाया श्रेष्ठ लगायतले यस सहकारीले बचत तथा ऋणमा सिमित नभई उद्यमी बनाउने कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको थियो ।

साधारणसभामा प्रगति प्रतिवेदन सचिव पुष्पकिरण श्रेष्ठ सैजु ,आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगीता श्रेष्ठ ,लेखा समितिको प्रतिवेदन लेखा संयोजक रञ्जना श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

२०५७ सालमा २८ जना महिलाहरूले १४ हजार शेयर ,रकमबाट स्थापना गरेको सहकारी संस्थामा शेयर पुजी ८० लाख ४१ हजार र शेयर सदस्य २ सय ३७ जना पुगेको सहकारीका सचिव पुष्पकिरण श्रेष्ठले प्रतिवेदन मार्फत जानकारी दिनुभयो

सहकारीले आर्थिक बर्ष २०७८/७९ मा २ करोड ५२ लाख १६ हजार ७ सय १० कारोवार गरेको जनाएको छ । सहकारीको खुद नाफा १ लाख ९ हजार ४ सय ६१ रूपैयाँ गरेको सहकारीका कोषाध्यक्ष संगिता श्रेष्ठले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ ।

कार्यक्रम संस्थाका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष अर्चना पालिखेको स्वागत मन्तव्य र सचिव पुष्पकिरण श्रेष्ठ सैजुको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *