बागलुङ बजार स्थित ४ वटा दुग्ध डेरीबाट दुधको नमुना संकलन

आदर्श अनलाइन, बागलुङ

दुध र दुग्धजन्य पदार्थमा गुणस्तर कायम गराउने उदेश्यले बागलुङ नगरपालिकाको संयोजनमा बागलुङ बजार स्थित दुग्ध डेरी पसलहरुबाट नमुना संकलन गरिएको छ ।

बागलुङ नगरपालिकाका अधिकृत आठौ युक्त प्रसाद सुबेदीको अगुवाईमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय बागलुङ ,बागलुङ उद्योग बाणिज्य सघं, राष्ट्रिय उपभोक्ता मञ्च सुरक्षाकर्मी र नागरिक समाज लगायतको टोलीले बुधबार अनुगमन गरी नमुना संकलन गरेको हो ।

अनुगमनका क्रममा बागलुङ बजार स्थित ४ वटा डेरी पसल बाट दुधको नमुना संकलन गरी पोखरा पठाउने तयारी गरिएको बागलुङ नगरपालिकाका बरिष्ठ योजना अधिकृत युक्त प्रसाद सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बा.न.पा – २ स्थित श्री कृष्ण गाई भैसी फार्म, न्यु प्रगति दुग्ध डेरी , बानपा ३ स्थित झुलेनी दुग्ध डेरी र एन.एस जुस पसल लालिगुरास चोक बाट नमुना संकलन गरिएको हो ।

बागलुङ नगरपालिका अन्र्तगतका मुख्य क्षेत्रमा दुधको नमुना संकलन शुरु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । अहिले सर्वेको नमुना मात्र उठाईएको र खाद्य ऐन २०२३ बमोजिम फर्मल स्याम्पल संकलन गर्नुपरेमा लाहा छाप गरी र सिलबन्दी गरी जिल्ला अदालतमा मुद्धा दर्ता गरिने उहाँले जानकारी दिनुभयो ।

उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्ने खालका सामग्री बेचबिखन गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *