कोन सहकारीको रक्तदानमा ५० युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कुंडहरमा रहेको सहकारी संस्थाले २४ औं वार्षिकोत्सवको अवसर पारि सामाजिक उत्तरदायित्व अन्तर्गत रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको हो ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार रमेश घर्तीले पहिलो रक्तदाता तथा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठलाइ ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा वोल्दै सहकारी रजिष्ट्रार रमेश घर्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमले समाजमा सहकारी प्रति सकारात्मक भावना सृजना हुने बताउनुभयो । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि समाजमा उल्लेखनीय कार्य गरेको चर्चा गर्नुभयो ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोन सहकारी संचालक समितिका सदस्य शारदा पराजुली(सिग्देल), रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसी लगायतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य गोविन्दप्रसाद सिग्देलले स्वागत र शिक्षा उपसमितिका संयोजक खड्कवहादुर गुरुङ (खुसीमान)ले संचालन गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *