जेष्ठ नागरिक र अपाङ्गको सहयोगी बन्दै मालिका सेवा समाज

आदर्श अनलाइन, बागलुङ

पछिल्लो समय जेष्ठ नागरिक र अपाङ्गताका लागि यहाँको क्रियाशिल सामाजिक संस्था मालिका सेवा समाज सहयोगी बन्दै आएको छ । मालिका सेवा समाजले बागलुङ नगरपालिका– ५ मालिकाका ३७ जना जेष्ठ नागरिकलाई सम्मान तथा छ जना पूर्ण अपाङ्गतालाई सहयोग गरेको छ ।
समाजले पायक पर्ने ठाउँ वा घरमै पुगेर सम्मान र सहयोग गरेको हो । सो अबसरमा जेष्ठ नागरिक तथा पूर्व प्रधानपन्च कृष्णराज शर्माले मालिका सेवा समाजको कार्य अत्यन्तै राम्रो रहेको भन्दै जेष्ठ नागरिकको न्यास्रोपनमा खुशी छायको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद शर्माले मालिका सेवा समाजको सामाजिक भावनाले वास्तविक सेवाको भाव झल्किएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य बलराम सापकोटा,चक्रपाणी सापकोटा, बानपा ६ का जनप्रतिनिधि कृष्ण सापकोटा, मालिका सेवा समाजका निबर्तमान अध्यक्ष दुर्गा बहादुर कँुवर, कार्यक्रम संयोजक याम बहादुर कुँवर, कोषाध्यक्ष प्रकाश के.सी, टिका खड्का,पार्बती खड्का लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
जेष्ठ नागरिकको ईतिहास,समाजमा पु¥याउनुभएको योगदान लगायतका कारण उहाँहरुको अनुहारमा खुशी ल्याउन यस्ता कार्यले महत्वपूर्ण भुमिका खेल्ने मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्माले जानकारी दिनुभयो ।

समाजले मालिका घर भई बागलुङ बजारमा बस्नेलाइ समेत सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक याम बहादुर कुँवरले बताउनुभयो । कार्यक्रम सस्थाका अध्यक्ष जीवन नाथ शर्माको अध्यक्षता स्वागत उपाध्यक्ष तेजबहादुर कुँवर र सचिब खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *