सडक सफा गर्न निस्के नगरप्रमुख सुरत केसी

अमृत बास्कुने

म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनीका सडक पखाल्नु भएको छ ।

केसीकै नेतृत्वमा बेनी नगरपालिकाको दमकलमा पानी ओसारेर बेनी बजार क्षेत्र भित्रको पक्की सडक पखालीएको हो । म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्र रहेको बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र सरसफाइ गर्ने तथा धुलो पखाल्ने काम भएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघको अगुवाइमा यही पुस २८ देखि माघ ७ गते सम्म हुने सातौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को तयारी स्वरुप बजार क्षेत्रको धुलो पखालिएको नगरप्रमुख केसीको भनाई छ ।

नेपाल तथा विदेशमा समेत चर्चीत सुन्दर नगरी बेनी बजारको सुन्दरतालाइ अझै मजबुत बनाउनका लागि बजार क्षेत्रमा सरसफाइ गरिएको उहाँले बताउनुभयो । महोत्सवमा आन्तरीक तथा बाह्य पर्यटकहरुको जमघट म्याग्दीमा हुने र बेनी नगरपालिका क्षेत्रमै बढी बसाइ हुने हुँदा पनि बजारको सुन्दरतालाइ ध्यान दिइनु आफूहरुको दायित्व रहेको उहाँले कथन छ ।

म्याग्दी महोत्सव वि.सं. २०६० मा पहिलो पटक भएको थियो भने त्यस पछि २०६३, २०६५, २०६८, २०७१ र २०७४ मा भएको र अहिले सातौं पटक आयोजना गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादृुर कटुवालले बताउनुभयो । उद्योग ब्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं भन्ने नारा साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी स्वरुप बेनी नगरपालिकाले दमकल उपलब्ध गराएर बजार पखाल्ने काम भएको उहाँको भनाइ छ ।

नगरपालिकाको सहयोगमा नगरप्रमुख केसीले नै बजार सरसफाइमा खटेर पर्यटन प्रवद्र्धन गर्ने तथा पाहुनाको सत्कारमा नगरपालिका कति जिम्मेवार तबरले लागेको छ भन्ने उदाहरण नगरप्रमुखले पेश गर्नुभएको म्याग्दी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

पुस २७ देखि हुने म्याग्दी महोत्सवमा एक लाख ११ हजार एक सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको खुल्ला लोकदोहोरी गित प्रतियोगिता हुँदै छ । त्यस्तै गण्डकी प्रदेश भित्रका स्थानीय तह स्तरको पुरुष भलिबल एवम् खुल्ला महिला भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, महिला पुरुष छेलो, महिला पुरुष लाठो तान्ने प्रतियोगिता एवम् मौलिक रत्यौली प्रतियोगिताको पनि आयोजना गरिएको म्याग्दी महोत्सवका मुल संयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कटुवालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *