रेफ्री बनेर आएका पूर्व विद्यार्थीलाई वेष्ट प्वाइन्टद्वारा सम्मान

अमृत बास्कुने, म्याग्दी

बेनी बजारको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले २०६४ भन्दा पहिलाका विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा दौड तर्फका उत्कृष्ट खेलाडी सिद्धान्त अधिकारीलाई सम्मान गरेको छ ।

वेष्ट प्वाइन्टले बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा अफिसियल भएर आएका आफ्नै विद्यालयबाट अध्ययन गरेर मध्यम तथा लामो दुरीको दौडमा पदक बिजेता खेलाडी अधिकारीलाइ सम्मान गरेको हो ।

हिमाली जिल्ला म्याग्दीको बेनीमा पुस १७–१९ गते सम्म सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताको मुख्य रेफ्रीको रुपमा बेनी आएका आफ्ना पुर्व विद्यार्र्थी अधिकारीलाई विद्यालयमा सम्मान गरेको विद्यालयका भाइस प्रिन्सीपल कृष्ण जि.सीले बताउनुभयो ।

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयबाट २०६४ सालमा एसएलसी उत्तीर्ण भए का विद्यार्थी सिद्धान्त अधिकारीलाइ वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.लि. का अध्यक्ष यज्जनलाल शाक्य, विद्यालयका खेल शिक्षक तथा सिद्धान्तका विद्यालय तहका प्रशिक्षक दिपेन राइले संयुक्त रुपमा सम्मान–पत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै अधिकारीले बिद्यालयको प्राङ्गणबाट उठाएको पबित्र माटो आफुले शिरमा लगाएर खेलकुद शुभारम्भ गरेको सम्झदै भन्नुभयो आज यही अाँगनमा लड्दै उठ्दै गरेका पल र उठाउदै खेल्न सिकाउने गुरु दिपेन राइ, आफ्ना समकक्षी साथीहरु र गुरुहरुलाई कहिल्यै भुल्नै नसक्ने बताउनुभएको थियो ।

विद्यालयको प्रार्थना सभामा सम्बोधन गर्दा बर्षौंपछि आफूले खेलकुदको क्षेत्रमा पाइला अगाडी बढाएको ग्राउण्ड विद्यालयको पोशाकले पुराना यादहरुलाई ताजा बनाएको उहाँको भनाई थियो । तत्कालिन अवस्थाका स्पोर्ट फेस्टिभल, बिरेन्द्र शिल्ड, राष्ट्रपती कप जितेर धेरैपटक रमाएका क्षण र त्यो बेलाका साथीहरु सँधै याद रहने बताउनुभएको थियो ।

हाल पोखरा महानगरपालिका बुढिबजार बस्दै आउनुभएका सिद्धान्त अधिकारी आफ्ना बुवा सरकारी कर्मचारी भएका कारण म्याग्दी बसेर वेष्ट पोइन्ट स्कुलमा अध्ययन गर्ने क्रममा खेल क्षेत्रमा लाग्नुभएको थियो । अधिकारी गण्डकी प्रदेश खेलकुद परिषद्का एथलेटिक्स परामर्शदाता हुनुहुन्छ भने उहाँ छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ८०० मिटर, १५०० मिटर र ४×४०० मिटर रिलेका स्वर्ण पदक बिजेता हुनुहुन्छ । त्यस्तै भारतमा सम्पन्न अन्तर प्रादेशिक एथलेटिक्स प्रतियोगितामा १५०० मिटर दौडमा स्वर्ण पदक, सन् २०१६ मा भारतमा सम्पन्न फेडेरेशन कपमा १५०० मिटरमा आफैले बनाएको रेकर्ड रेकर्ड तोड्दै स्वर्ण पदक प्राप्त गर्नु भएको थियो ।

अधिकारीले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४०० र १०० मिटर दौडमा रजत पदक, पाचौं खेलकुद प्रतियोगितामा ८०० मिटरमा रजत पदक समेत प्राप्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *