जिल्ला सहकारी संघ कास्कीको ४९ औं वार्षिक साधारण सभा

आदर्श अनलाइन, पोखरा
जिल्ला सहकारी संघ लिमिटेड कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै आचार्यले सहकारीहरु कानुनी रुपमा चल्नुपर्ने बताउनुभयो ।

जुन उद्धेश्यका साथ दर्ता गरीएको हो त्यहि अनुसार चलाउनुपर्नेमा फरक आधारमा चलेको कारण सहकारीहरु डुब्ने खतरामा रहेको बताउदै कानुनी दायरामा आउनुको बिकल्प नरहेको उहांको भनाइ रहेको थियो । सहकारीहरु उत्पादन क्षेत्रमा लगानी हुनुपर्ने वताउदै स्थानीय निकायले सहकारीलाई दायरामा ल्याउन समेत आग्रह गर्नुभयो ।

सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहकारीमा देखिएको आर्थिक समस्यालाई समाधान गर्नका लागि सहकारी बैंकमा आवद्ध संस्थाहरुलाई सहकारी बैंकले कर्जा उपलब्ध गराइ सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ अध्यक्ष सम्मान अन्तर्गत असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका टोपराज ढुंगाना, शितला बचत तथा ऋण सहकारी संस्थाका क्याप्टेन खड्क बहादुर शाही, कांहुकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका टिकाराम बास्तोला र एग्रो टुरिजम सहकारी संस्था लिमिटेडका टेकबहादुर थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सप्तगण्डकी दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष पुण्य पौडेल, सिएमसी कास्की अध्यक्ष अपिल कोइराला, सहकारी बैंक लिमिटेडका लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रा कुमारी पराजुली, र पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन सात्रिबा कोइरालाले वार्षिक प्रतिवेदन, सहकारीको सात सिद्धान्तको बाचन उपाध्यक्ष अम्बिका गौतम, कोषाध्यक्ष नवराज बरालले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन धर्म बहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालक महासचिव दिपक बास्तोलाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *