तमान बाल गृहका बालबालिकालाई राधा माधव समितिले दियो न्यानो कपडा

आदर्श अनलाइन, बागलुङ
तमानखोला गाउँपालिकाले सञ्चालन गरेको तमान बाल गृहमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । श्री राधा माधव समिति नेपाल र डिभाईन युथ क्लव नेपालको सहयोगमा गृहमा आश्रित ३१ बालबालिकालाई स्वाईटर र टोपी तथा स्टेशनरी वितरण गरेको छ ।

आइतबार बालगृहमा पुगेर एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले पालिका भित्रका अभिभावकविहीन बालबालिकालाई अभिभावको रुपमा पालिकले अभिवावत्व ग्रहण गदै बालबालिकालाको लालनपालन शिक्षादिक्षामा लागेको बताउनु भयो ।

उहाँले बालबालिकालई जस्तो संस्कार सिकाउन सक्यो त्यस्तै हुने भएको हुँदा स्वतन्त्र छोडेमा अपराधिक गतिविधमा तथा कुलतमा फस्न सक्ने भएकाले संस्कार सिकाउने राज्यको दायित्व भएको बताउनुभयो । बालगृह सञ्चालनमा लिए पश्चात गृहमा अभाव हुने सामग्री सहयोगको भन्दै राधा मानव समितिलाई धन्यबाद दिनुभयो ।

राधा माधव समिति नेपाल बागलुङका सचिव दिपक शर्मा कंडेलले निस्वार्थ भावले सहयोग गरिएको बताउनु भयो । शर्माले राधा माधव समितिले गृहमा वर्षमा एउटा कार्यक्रम तमानखोला गाउँपालिकाको बालगृहमा ल्याउने प्रतिबद्धता जनाउनु भयो । यस बालगृहमा विभिन्न संघ सस्थाले सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा धनगौज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक रविन्द्र कुमार बुढाथोकीले सहयोग गर्ने संस्था प्रति धन्यावाद दिदै आगामि दिनमा समेत सहयोगको अपेक्ष गरिएको बताउनु भएको छ ।

कार्यक्रमममा तमानखोला गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष गोर्ख बहादुर घर्ती, धनगौज्योति माध्यामिक विद्यालय तमानका प्रध्यानध्यापक रविन्द्र बुढाथोकी, बालगृह सञ्चालक समितिका सचिव अनिल थापा, तमानखोला गाउँपालिका कार्यपालिका सदस्य मनकुमारी बुढाथोकी शिक्षक,विद्यार्थी स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *