बागलुङ जेसीज वर्ष २०२३ को अध्यक्षमा श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ जेसीज वर्ष २०२३ को अध्यक्षमा सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको बागलुङ जेसीजको ४५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो ।

बागलुङ जेसीजको कार्यकारी उपाध्यक्षमा सुशान्तकृष्ण श्रेष्ठ र गणेश महतो, उपाध्यक्षमा रुशन सापकोटा, सौरभ खत्री, सुलभ खड्का र प्रेम ढकाल, महासचिवमा अञ्जिला श्रेष्ठ, कोषाध्यक्षमा बलराम कंडेल चयन हुनुभएको छ ।

त्यसैगरी जेसीज वर्ष २०२३ को तालिम संयोजकमा विन्दा कार्की (सोनी) र निर्देशकमा प्रतिभा के.सी र रोहन जि.सी चयन हुनभएको हो । साधारणसभाको उद्घाटन बागलुङ जेसीजका पुर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ जेसीजका पुर्व अध्यक्ष इन्द्रा श्रेष्ठ, सुदिप राजभण्डारी, पार्वती अधिकारी, लालकुमारी बस्नेत (अम्बिका) लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ जेसीज वर्ष २०२२ का निर्वतमान तथा कार्यबहाक अध्यक्ष आनन्दराज रेग्मी, स्वागत बागलुङ जेसीज वर्ष २०२२ का कानुनी सल्लाहकार सुरेन्द्र शाक्य र सञ्चालन बागलुङ जेसीज वर्ष २०२२ का महासचिव गणेश महतो र पुर्व अध्यक्ष तथा २०२३ का निर्वाचन अधिकृत आशिक राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *