बडिगाड डोजोका खेलाडी बंगलादेशमा हुने कराँते प्रतियोगितामा सहभागी हुदै


आदर्श अनलाइन, बागलुङ
बंगलादेशमा हुन गईरहेको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा बागलुङका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बागलुङको बडिगाड डोजोबाट चार खेलाडीहरु अन्तराष्ट्रिय कराँते प्रतियोगितामा प्रतिस्पर्धाका लागि बंगालादेश तर्फ लागेका बडिगाड डोजोले जनाएको छ ।

अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने बडिगाड डोजोका खेलाडहरुलाई आज बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भिमसेन वनले बिदाई गर्नुभएको हो ।

यही जनरी १३ र १४ मा बंगलादेशमा आयोजना हुने अन्तराष्ट्रिय कराँते प्रतियोगितामा बडिगाड डोजो बागलुङबाट विज्जल पाईजा ४५ केजी, लक्ष्मण पुन ४७ केजी, गणेश पाईजा ५५ केजी र राजन कुमार पाइजा ६० केजीमा प्रतिस्पर्धा गर्नुहुने बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

खेलाडी राजन कुमार पाईजा बडिगाड डोजोको प्रमुख प्रशिक्षक समेत हुनुहुन्छ । उहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *