आजको मौसम : देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

आदर्श अनलाइन, काठमाडौं
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्सु लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *