अनेरास्ववियु बागलुङको जिल्ला अधिवेशनको तयारी तीव्र

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको जिल्ला अधिवेशन यहि माघ १३ र १४ गते हुने भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटिको बुधबार बसेको बैठकले केन्द्रिय निर्देशन अनुसार जिल्लाको अधिवेशनको तयारी शुरु गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले संगठन बिस्तार गर्नका लागि विद्यार्थीहरुको सहभागिता गराउन सामाजिक, रचनात्मक कार्यक्रमहरुलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । पौडेलले अधिवेशन बाट संगठनका निम्ति निश्वार्थ ढंगले काम गर्ने नेतृत्वलाई अघि बढाउन निर्देशन दिनुभयो ।

बैठकमा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज शेखर खड्का (झलक), अनेरास्ववियु केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला सह–इन्चार्ज शिव शर्मा लगायतले केन्द्रको निर्देशन बारे जानकारी गराउनु भएको थियो ।

अनेरास्ववियु जिल्ला कमिटिको बैठकले जिल्ला अधिवेशन, बधाई तथा शुभकामना ज्ञापन, स्ववियु निर्वाचन सम्बन्धि, संगठन बिस्तार, सदस्यता वितरण लगायतको विषयमा निर्णय तथा छलफल गरेको अनेरास्ववियु बागलुङ जिल्ला संयोजक रोशन कुँवरले बताउनुभयो ।

अनेरास्ववियु बागलुङको जिल्ला अधिवेशनका लागि विभिन्न कमिटि तथा उपसमिति गठन गरेको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा प्रचार—प्रसार विभाग प्रमुख रोशन जि.सीले जानकारी दिनुभयो ।

अनेरास्ववियु जिल्ला अधिवेशनको मुल आयोजक समितिमा जिल्ला कमिटि रहने छ भने ५ सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोशन कुँवर, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा रोशन जि.सी, प्रचार—प्रसार उपसमितिको संयोजकमा विज्ञान शर्मा, स्वयंमसेवक उपसमितिको संयोजकमा सुगम खड्का, अतिथि सत्कार उपसमितिको संयोजकमा अमृता जि.सी रोका, सांस्कृतिक उपसमितिको संयोजकमा मनिष कंडेल र हल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा घनश्याम कंडेल रहनु भएको जि.सीले बताउनुभयो ।

बैठक अनेरास्ववियु धौलागिरी क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष अनिल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *