जिल्ला कृषि सहकारी संघ बागलुङको अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङ

जिल्ला कृषि सहकारी संघ बागलुङको अध्यक्षमा नर बहादुर थापा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १० औं वार्षिक साधारण सभाबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

संघको उपाध्यक्षमा मणिभद्र शर्मा, सचिवमा गंगा बहादुर थापा, सहसचिवमा ललित श्रीस र कोषाध्यक्षमा देवी श्रीस चयन हुनुभएको छ ।

यसैगरी सञ्चालक समितिको सदस्यहरुमा जगदिश शर्मा, रेशम रेग्मी, शान्ता आचार्य, प्रभाकर पौडेल निर्वाचित हुनु भएको छ ।

त्यस्तै साधारण सभाले संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुर्य भण्डारी, सदस्यहरुमा गुमानसिंह बुढा र सपना श्रीस चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले कृषि सहकारी संघले संघमा सदस्य रहेका सदस्यहरुलाई आर्थिकमा मात्र नभएर उत्पादनलाई बढाउन प्रेरित गर्नुपर्ने र उत्पादित बस्तुहरुलाई बजारीकरण गराउन तर्फ समन्वय, सहकार्य गरेर विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सम्पुर्ण विषयगत संघ र संस्थाहरुलाई सहकारी ऐन, नियमावली र आफ्ना विनियम अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्का, नेपाल सुचना तथा सञ्चार केन्द्रिय सहकारी संघका सञ्चालक खिम बहादुर कार्की, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, कृषि सहकारी संघ बागलुङका सल्लाहकार मोहनलाल शर्मा, कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास विज्ञ दिनेश सापकोटा, भेटेनरी अस्पताल बागलुङका गुप्ता बहादुर कार्की, राष्ट्रिय सहकारी बैंक बागलुङका प्रमुख युवराज त्रिपाठी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला कृषि सहकारी संघ बागलुङको अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष मणिभद्र शर्माको स्वागत मन्तव्य र सचिव गंगा बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *