व्यापार बचत तथा ऋण सहकारी बागलुङ को अध्यक्षमा पौडेल

आदर्श अनलाइन, बागलुङ

व्यापार बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको दशौ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाले ईन्द्रमणी पौडेलको अध्यक्षतामा नयाँ संचालन समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा विमल श्रेष्ठ, सचिवमा गोकुल प्रसाद कँडेल, सहसचिव मातृका प्रसाद आचार्य र कोषाध्यक्षमा रविन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा उमानाथ गौतम, सन्तोष गौतम, सुमन प्रधान, प्रेमलाल गौतम सिता ठकुरी र मुरारी गैरे चयन भएको निर्वाचन अधिकृत गोविन्द प्रसाद वझाले जानकारी दिनुभयो ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा घनश्याम शर्मा, सदस्यहरुमा विजेश्वर वझा र उमानाथ शर्मा पौडेल रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेलले सहकारी सघं संस्थाले आर्थिक मात्र नभएर सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताउनुभयो । आर्थिक कुरा लाई मात्र महत्व दिएर केही झुण्डले संचालन गरेका सहकारी डुबेको चर्चा गर्दै कँडेलले” सहकारीले संस्थागत हित संगै सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारीका संरक्षक योगेश्वर ओझा, सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष रामचन्द्र शर्मा, सहकारीका संस्थापक अध्यक्ष रामराज सुबेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम व्यापार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिलाल सुबेदीको अध्यक्षता, उपाध्यक्ष इन्द्रमणी पौडेलको स्वागत मन्तव्य र सचिव गोकुल प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *