शीतोष्ण बागवानी फार्म मुस्ताङमा कागजी बदाम फुल्यो

अमृत बास्कुने, म्याग्दी

हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा कागजी बदाम फुलेको छ ।

यस वर्ष हिउँदको सिजनमा फुल्ने फलफुलहरु मध्ये सबै भन्दा पहिला कागजी बदाम फुलेको हो ।

पुस महिना सकिनै लाग्दा पनि हिमपात नभए पनि सिंचाइ गरेर चिस्यान पु¥याएर शीतोष्ण हावापानीमा हुने फलफलुल तथा तरकारीहरुलाइ अंकुरण हुने तथा फुल्नका लागि पुग्ने वातावरण मिलाइएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।

विगतका वर्षहरुमा हिमपातले चिलिङ आवर पुग्ने र त्यस पछि फलफूलका बोटमा फुल फुल्ने भए पनि यस वर्ष भने हिमपात नहुँदै कागजी बदाम ९ब्mियलमस् ल्भ उगिक ग्तिचब० फुलेको उहाँको भनाइ छ ।

आत्रेयका अनुसार बन्दाको डुकु पलाउने समय भएको छ । भने, गाजर र मुलाहरु पनि टुसाउने तर्खरमा छ । शीतोष्ण हावापानीमा हुने फलफुल तथा तरकारीका लागि हिमपात आवश्यक हुने भए पनि यो वर्ष हिमपात हुन नसकेको आत्रेयको भनाई छ ।

आगामी हप्ता दश दिन भित्रमा हिउँ नपर्ने हो भने शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी बीउ उत्पादनमा नकारात्मक असर पर्ने निमित्त प्रमुख आत्रेयले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *