तित्याङ माविको वार्षिकोत्सव सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका – ९ तित्याङ स्थित तित्याङ माध्यमिक विद्यालयको ६४ आँै बार्षिकोत्सव बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बार्षिकोत्सवको उद्घाटन प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सामुदायिक बिद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आफुले सक्दो प्रयत्न गर्ने बताउनुभयोे । उहाँले बैज्ञानिक व्यावहारिक र गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावक र बिद्यार्थी सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बा।न।पा–९ का वडा–अध्यक्ष राजु थापा, जिल्ला समन्वय समितिका सदस्य हरिकला शर्मा, सिवाईसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्मा, शिवालय प्राबिका प्रधानाध्यापक घनश्याम खत्रि, स्वास्थ्य चौकी प्रमुख नायायण पौडेल, विद्यालयका सल्लाहकार बद्रि प्रसाद पौडेल, शिक्षक अभिभावक सघंका अध्यक्ष मन बहादुर थापा (बाबुराम) लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद उपाध्यायले बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।बार्षिकोत्सवका अवसरमा शिक्षक दण्डपानी शर्मा र संगिता क्षेत्रीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो ।बिद्यालयमा बिद्यार्थीहरुले नौमती बाजा सहित बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गरेको प्रधानाध्यापक कुमार प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर थापा क्षेत्रीको अध्यक्षता, बिद्यालयका शिक्षक टिका थापाको स्वागत मन्तव्य र शिक्षक दिनेश अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *