मृगौला पीडितलाई क्षत्री समाजको आर्थिक सहयोग


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–२ अर्गल निवासी ५३ वर्षीया रत्न बहादुर खत्रीको उपचारका लागि रु.७० हजार आर्थिक सहयोग हस्तानतरण गरिएको छ । दुबै मृगौला फेल भई उपचारत खत्रीको उपचारका लागि क्षत्री समाज स्पेनमा संकलित रु. ६५ हजार र मलिा क्षत्री समाज बागलुङबाट रु. पाँच हजार गरी ७० हजार रकम सहयोग गरिएको हो ।

क्षत्री समाज स्पेनका सल्लाहकार नेत्र बहादुर कार्कीको प्रस्तावमा स्पेनमा रहनुभएका १५ जनाबाट रु. ६५ हजार रहक सहयोग संकलन गरी पठाइएको क्षत्री समाज स्पेनका अध्यक्ष ओम बहादुर बानीयाले बताउनुभयो ।

संकलन गरी पठाइएको रकम क्षत्री महिला समाज बागलुङको नेतृत्वमा महिला क्षत्री समाजका केन्द्रिय सदस्य हेमा खड्का, जिल्ला अध्यक्ष शिवकला थापा, हुमा कुमारी जिसी अन्जु, राम बहादुर अधिकारी सहितको समूहले खत्री बस्दै आएको बागलुङ बजारको गोल्डेन गेटमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा क्षत्री महिला समाजका अध्यक्ष शिवकला थापाले व्यक्तिगत रुपमा रु. एक हजार समेत सहयोग प्रदान गर्नुभएको थियो ।

क्षत्री समाज स्पेन सहित ओम बहादुर बानीया, मुकेस क्षत्री, राम बहादुर थापा, सविता अधिकारी, नेत्र बहादुर कार्की, सन्त बहादुर क्षत्री, रिल बहादुर रोका, सोनु राहत, अन्जना अर्याल क्षत्री, सुमि घिमिरे सापकोटा, पुष्पराज भण्डारी, पुष्कर कार्की, उर्वशी खड्का र भोला लामछिानेले खत्रीको उपचारका लागि सहयोग प्रदान गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *