आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जलीसभा


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य भुपेन्द्र के.सी.का पिता बा.न.पा.–३, नुवारा निवासी कर्ण बहादुर के.सी.को निधन प्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

के.सी.को निधन भएको ७ औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको छ ।

श्रद्धाञ्जली सभामा संस्थाका प्रबन्धक दिपकराज सापकोटा, शेयर सदस्यहरु हरि प्रसाद सापकोटा, पुष्प गिरि लगायतको उपस्थितीमा सदस्यका एका घरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. पाँच हजार रुपैयाँ स्वर्गीय के.सी.का परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमारु.१५ हजार र शेयर सदस्यका एका घरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापना कालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *