धर्मस्थली बचत तथा ऋण सहकारीद्धारा १६ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

आदर्श अनलाइन, पोखरा
पोखरा ५ मा रहेको धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औ स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले धर्मस्थली सहकारी अगाडि राजमार्गमा सहकारी, हरिप्रसाद पराजुलीद्वारा स्थापित भोजराज यमकला पराजुली स्मृती कोष र संस्थाका कर्मचारी सविता भटृराई अधिकारीको बिशेष सहयोगमा बनेका २ वटा चौतारीको उद्घाटन गर्नुभयो ।

५५ हजार लागतमा चौतारी बनाइएको हो । धर्मस्थलीका पूर्व अध्यक्ष कृष्णमणि भूत्र्यालद्वारा स्थापित चन्द्ररत्न स्मृति ट्रस्टबाट बाराही माध्यमिक विद्यालयका छकक्षा १२ का विक्रम विक र एलिशा पौडेल र धर्मस्थली आधारभूतकी कक्षा ५ की छात्रा भूमिसा मगर तथा कक्षा ७ का छात्र शक्सेस तिमिल्सिनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

४ जना गरिब तथा जेहन्दार छात्रछात्रालाई १० हजार बराबरको छात्रवृत्ति बितरण गरिएको हो । सोकृति कोइरालाद्वारा स्थापित सोकृति छात्रावृत्ति कोषबाट धर्मस्थलीकी छात्रा रितिशा अधिकारीलाई २ हजार ५ सय उपलब्ध गराइएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमद्वारा स्थापित चन्द्रकान्त गौतम स्मृति कोषबाट पोखरा ५ प्रस्याङ स्थित जेष्ठ नागरिक मिलन केन्द्रलाई १० हजार आर्थिक सहयोग गरिएको छ ।

संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पूर्व सल्लाहकार हेरम्बप्रसाद कोइराला, संस्थापक अध्यक्ष कृष्णमणि भूत्र्याल, पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विक, सल्लाहकार पुरुषोत्तमप्रसाद पराजुली, प्रबन्धक कृष्णप्रसाद पराजुली र सचिव कृष्णप्रसाद कोइरालाले आ आफ्नो भनाइ राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *