बहिरा संघको अध्यक्षमा पौडेल

आदर्श अनलाइन, बागलुङ
बागलुङ बहिरा संघको २२ औँ साधारणसभा तथा ९ औँ अधिवेशन आइतबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनबाट बागलुङ बहिरा संघको अध्यक्षमा सन्तोष पौडेल चयन हुनुभएको छ ।

संघको उपाध्यक्षमा सुनिता शर्मा, सचिवमा बासु थकाली, सहसचिवमा गोपाल गिरी र कोषाध्यक्षमा टेकनाथ आचार्य निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सागर पौडेल, स्वस्तिका क्षत्री, पूर्णकली परियार र लीला वल्लभ सापकोटा चयन हुनुभएको छ ।

साधारणसभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले बहिरा लगायत फरक क्षमता भएका व्यक्तिहरुलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले फरक क्षमता भएकाहरुको हक अधिकार संरक्षणका लागि राज्यकोे विशेष ध्यान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासघ नेपालका अध्यक्ष केपी अधिकारी, बहिरा मा.विका अध्यक्ष के.वी राना मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, बहिरा मा.विका प्रधानाध्यापक रेशम श्रीस, सरस्वती रेग्मी, बसन्तजंग राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वागलुङ वहिरा संघका अध्यक्ष नल बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अमृत शर्माको स्वागत र सचिव सुनिता शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *